६ मिनेटको एक्सनलाई ६ करोड

फिल्म । साउथ इण्डियन फिल्ममा मात्र नभई बलिउडका दर्शक माँझ पनि अल्लु अर्जुनको क्रेज उस्तै छ । स्ट्याईलिस स्टारको ट्याग पाएका अल्लुले एक्सन , अभिनय र डान्स मार्फत दर्शकको मनमा आफ्नो स्थान बनाइसकेका छन् । पछिल्लो समय फिल्म ‘अला बैकुण्ठपुरमलो’ मा देखिएका उनको नेक्स्ट फिल्म ‘पुष्पा’ हो । एक्सन ड्रामा भनिएको फिल्ममा अल्लुको जोडी रश्मिका मन्दना हुनेछिन् । पछिल्लो समय साउथ इण्डियन फिल्ममा निकै रुचाइएकी रश्मिकाको जोडी अल्लुसँग बाधिने खबरले फ्यान निकै उत्साहित छन् ।

साथै फिल्ममा एक एक्सनको दृश्यमा ६ करोड खर्च गरिने भएको छ । ६ मिनेट लामो एक्सन खिच्न ६ करोड खर्च गर्न लागिएको हो । कोरोना भाइरस (कोभिड १९) को कारण रोकिएको फिल्मको छायाँकनमा भारतीय प्राविधिक नै प्रयोग हुनेछन् । एक्सनको दृश्यलाई कोरियोग्राफसँगै स्टनड पनि भारतीयले नै गर्नेछन् । यसमा भारतीय फिल्म प्राविधिककै टेक्निक र मेहनत प्रयोग हुनेछ ।

फिल्मलाई तेलगु र तामिलसँगै हिन्दी भाषामा पनि रिलिज गरिनेछ । अल्लु अर्जुनको फिल्मलाई सेम डेटमा बलिउडका दर्शकले हेर्न पाएका छैनन् । यसरी रिलिज हुने फिल्ममा यो उनको पहिलो हनेछ । यसले उनको फ्यान फलोअर्स बलिउडमा पनि बढ्ने विश्वास निर्माण पक्षको रहेको छ । फिल्ममा अल्लु र रश्मिकासँगै विजय सेतुपति , प्रकाश राज , जग्पति बाबु लगायतको अभिनय रहनेछ । फिल्मलाई सुकुमारले निर्देशन गरिरहेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्