राजामौलीको फिल्ममा राकुल

फिल्म । भारतीय प्रसिद्ध निर्देशक एसएस राजामौलीको निर्देशनमा तयार भइरहेको फिल्म ‘आरआरआर’ मा राकुल प्रीत सिंह पनि देखिने भएकी छिन् । स्विट गर्लको ट्याग पाएकी राकुलले फिल्ममा अभिनय त गर्नेछैनन् । तर , एक गीतमा भने उनको नृत्य रहने भएको छ । आइटम नम्बरमा राकुल देखिन लागेकी हुन् । पछिल्लो समय साउथ इण्डियन फिल्मनगरिका अर्का हिट निर्देशक शंकरको फिल्म ‘इण्डियन २’ मा काम गरिरहेकी राकुलले आफ्नो सहमति दिईसकेकी छिन् ।

बाहुबली मार्फत विश्वमा चिनिएका राजामौलीले त्यसपछि निर्देशन गरेको फिल्म हो , ‘आरआरआर’ । फिल्ममा जुनिएर एन्टीआर र राम चरण मुख्य भूमिकामा छन् । यी दुइकै वरपर फिल्मको कथा घुमेको छ । फिल्ममा अजय देवगन र आलिया भट्ट पनि छन् । यद्दपी यी दुइ गेस्ट रोलमा हुने चर्चा छ । ३ सय ५० करोडको बजेटमा निर्माण भइरहेको भनिएको फिल्म आउँदो वर्ष रिलिज हुने तयारीमा छ । यद्दपी जारी लकडाउन र कोरोना भाइरस (कोभिड १९) को महामारीले यसलाई असर गर्ने सम्भावना छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्