बलिउड । अन्तत रणवीर सिंह र दीपिका पादुकोण एक भएका छन् । यी दुईले आफ्नो प्रेम जीवनलाई विवाहमा परिणत गरेका हुन् । रणवीर र दीपिकाले आ-आफ्नो परम्परा अनुसार विवाह गरेका हुन् । यी दुईको विवाह इटालीको लेककेमोमा भएको हो । यीदुई प्रेममा परिसकेपछि घरपरिवारको अनुमति लिएर विवाह गरेका हुन् ।
— Ranveer Singh (@RanveerOfficial) November 15, 2018
यी दुईलाई बलिउड सेलेब्ससँगै फ्यानले शुभकामना दिएका छन् । रणवीर र दीपिका आफैले विवाहको तस्वीर सार्वजनिक गरेका छन् , जुन यतिबेला इन्टरनेटमा भाइरल झैँ भएको छ । यी दुईले नोभेम्बरको अन्त्यमा बलिउड सेलेब्सलाई पार्टी दिदैछन ।
View this post on Instagram
कमेन्ट गर्नुहोस्