फिल्म । भारतीय सुपरस्टार सलमान खान आजदेखि ६० वर्षमा प्रवेश गरेका छन् । यस अवसरमा गएराति उनले पनवेलस्थित आफ्नै फार्महाउसमा परिवार र नजिकका साथीहरूको उपस्थितिमा भव्य रूपमा जन्मदिन समारोह आयोजना गरेका थिए । पार्टी सुरु हुनुअघि सलमानले पापाराजीसँगै केक काट्दै रमाइलो क्षण साटे । शुक्रबार राति आयोजित समारोहमा उनका बुबा सलीम खानदेखि अभिनेत्री हुमा कुरेशीसम्मका पाहुनाहरू सहभागी भएका थिए ।
मध्यरात भएपछि सलमान कडा सुरक्षा व्यवस्थाबीच फार्महाउसबाट बाहिर निस्किएर पापाराजीसँग छोटो उत्सव मनाए । सलमान खानलाई पछिल्लो पटक फिल्म ‘सिकन्दर’ मा देखिएको थियो, जसले अपेक्षित प्रतिक्रिया पाउन सकेन । उनले आर्यन खानको निर्देशनमा बनेको डेब्यु वेब शो ‘द ब्याड्स अफ बलिउड’ मा केमियो भूमिका निर्वाह गरेका थिए भने ‘बिग बोस १९’ को होस्ट पनि गरेका थिए ।
हाल सलमान फिल्म ‘ब्याटल अफ गलवान’ को रिलिज तयारीमा छन् । चित्रांगदा सिंहको पनि अभिनय रहेको यो फिल्मले सन् २०२० मा भारतीय र चिनियाँ सेनाबीच गलवान उपत्यकामा भएको झडपको कथालाई प्रस्तुत गर्नेछ ।











