विराटनगरमा गुञ्जिय अनिल

संगीत । लोकप्रिय पप गायक अनिल सिंहले बिराटनगरमा आयोजित ‘विराट सडक महोत्सव–२०७६’ लाई संगीतमय बनाएका छन् । बिराटनगरको महेन्द्रचौक (हिमालय रोड) मा आयोजित सडक महोत्सवको पहिलो दिनको कार्यक्रममा गायक सिंहले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेर उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

भाइरल इभेन्ट्सले आयोजना गरेको उक्त सांगीतिक कार्यक्रममा गायक सिंहले आफ्ना एक दर्जनभन्दा बढि लोकप्रिय गीत–संगीत प्रस्तुत गरेका थिए । ‘दर्शकको मायाँ र उपस्थितिले म भावुक बने, बिराटनगरको कार्यक्रमपछि गायक सिंहको प्रतिक्रिया थियो— ‘करिव १४ वर्ष विराटनगरमा यसरी प्रस्तुत हुँदा दर्शकहरुबाट पाएको अपार माया र सद्भाव म कहिले भुल्ने छैन ।’

कार्यक्रममा गायक सिंहले आफ्ना लोकप्रिय गीतहरु प्रेमपत्र, आई लभ यू, सक्छौ भने विष देउ, डुब्न देउ मलाई, इन्जिन गाडीमा, मैले जानि सकें, कुर्नु कुराउनु, परी आदि प्रस्तुत गरेका थिए । माघे संक्रान्तिको दिनदेखि प्रारम्भ भएको चार दिने बिराट सडक महोत्सव शनिवारसम्म सञ्चालन हुने छ । सडक महोत्सवमा खाना, संगीत र संस्कृतिलाई मुख्य प्राथमिकता दिइएको आयोजक संस्थाले जनाएको छ । गत क्रिसमसमा राजधानी स्थित किंग्स लंजमा सुनिएका अनिलले अब विदेशसँगै नेपालमा पनि उत्तिकै रुपमा कन्सर्टमा प्रस्तुत हुने बताएका छन् । पछिल्लो समय गीतसंगीतको तयारीमा समेत जुटेका अनिलले छिटै दर्शक तथा श्रोतालाई सरप्राइज दिने पनि बताएका छन् ।

कमेन्ट गर्नुहोस्