दसैँ छेकोमा ‘कबड्डी ४’

0 Shares

फिल्म । अन्तिम भनिएको ‘कबड्डी’ शृंखलाको चौथो भागलाई दर्शकले आउँदो वर्षको दसैंको छेकोमा हेर्न पाउने भएको छन् । ‘कबड्डी कबड्डी कबड्डी’ कै रिलिजको सेरोफेरो पारेर फिल्मको चौथो भागलाई पनि निर्माण टिमले २०७८ सालको असोज १५ गते प्रदर्शनमा ल्याउने तयारी थालेको छ ।

‘कबड्डी ३’ फिल्मले बक्स अफिसमा ऐतिहासिक कमाइ गरेको थियो । सोही इतिहास दोहोर्याउने अपेक्षासहित निर्माण टिमले डेट तय गरेका छन् । अन्तिम भागमा पहिलो, दोस्रो र तेस्रो भागका कलाकार रहन पनि निर्माण टिमले जनाएको छ । शृंखलाको निर्देशन रामबाबु गुरुङले गर्दै आइरहेका छन् ।

कमेन्ट गर्नुहोस्