सलिनले भेटे क्रेजी फ्यान सुजल

2K Shares

फिल्म । डेब्यु फिल्म ए मेरो हजुर २ मार्फत नै आफुलाई फिल्म प्रेमी दर्शक माँझ नोटिस गराउन सफल भएका सलिन मान बनियाले दोस्रो फिल्म ‘यात्रा’ मार्फत पनि चर्चा बटुले । डेब्यु फिल्ममा लुक्स र स्टाइलको चर्चामा रहेका सलिनले दोस्रो फिल्ममा आफ्नो अभिनय क्षमतासंगै एक्सन र डान्सको सम्भावना पनि प्रस्तुत गरे । दोस्रो फिल्मसम्म आइपुग्दा सलिनको फ्यान फ्लोअर्स राम्रो भईसकेको छ । यिनै सलिनले आफ्नो क्रेजी फ्यानलाई भेटेका छन् । उनले सुजल बम नाम गरेकी फ्यानलाई भेटेका छन् । नैकापमा बस्ने सुजलले गत वर्ष एसइइ परिक्षा दिएकी छिन् भने उनि सुन्न र बोल्न सक्दिन्न । एक अन्तर्वार्ताको क्रममा सुजलले आफुलाई सलिन निकै मन पर्ने र भेट्ने इच्छा रहेको बताएपछि सलिनले भेटेका हुन् । राजधानी स्थित कालिकास्थानमा सलिनले फिल्म ‘यात्रा’ निर्देशक सम्राट शाक्यसंगै भेट्न पुगेका थिए ।

सलिनले भेट्न तयार रहेको थाहा पाएपछि उत्साहित रहेकी सुजल आफ्नो बुवा टेक बमसंग भेट्न आइपुगेकी थिइन् । १६ वर्षीय सुजलले सलिनलाई भेटिनन् मात्र , गिफ्ट पनि पाइन् । ‘सुजल निकै खुसि छिन् , उनले आफ्नो स्टारलाई भेटिनन् मात्रा गिफ्ट पनि पाइन्’ सुजलका पिता टेकले भने । उनि नै सुजलको सहारा बनेका छन् । उनले के भन्छिन् , के खोज्छिन् , सबैले टेकले बुझ्छन । सलिनले पनि आफुले भिडियो हेरेपछि भेट्ने चाहना रहेको बताए । ‘मैले भिडियो हेरेपछि भेट्ने इच्छा जाहेर गरे’ उनले भने । सुजलले सलिनको गीतसंगीतलाई टिभीमा हेरेर नृत्य पनि गर्ने गर्छिन् ।

‘सुजल निकै खुसि छिन् , उनलाई यस्तो खुसि देखेको थिइन्’ पिता टेकले सबैलाई धन्यवाद दिदै सलिन प्रति निकै आभारी रहेको बताए । सलिनले पनि आफु आफ्नो फ्यानलाइ भेट्न र कुरा गर्न तत्पर रहेको बताए । सलिनसंगै रहेका निर्देशक सम्राट शाक्यले भिडियो हेरेपछि सलिनले भेट्नु पर्ने लागेकोले पहल गरेको बताए । ‘सलिन भेट्न तयार थिय तर तालमेल मिलिरहेको थिएन्’ सम्राट भन्छन् ‘हिजोको भेटपछि आज भेट्ने तय गरेका हौ ।’ उनले सुजलको खुसि देखेर आफुलाई पनि खुसि लागेको बताए । ‘सुजलको सपना पुरा भयो , मलाइ पनि निकै खुसि लागेको छ’ उनले भने । सलिन पनि आफ्नो कारणले सुजल खुसि भएकोमा दंग थिए । उनले भेट्ने क्रममा लेडिज व्याग गिफ्ट ल्याएर दिएका थिए । उनले सुजललाई धेरै पढ्न र आत्मसक्षम रहन सुझाए ।

तस्वीर र भिडियो : आर्यन बिमली

Facebook Comments