फिल्म। केहि समय अघि नै सम्पूर्ण काम सकेर प्रदर्शनको पर्खाइमा रहेको फिल्म ‘म राजेश हमाल’को रिलिज तय गरिएको छ। निर्माता केदार भुसालले आगामी चैत्र १० गते फिल्म प्रदर्शनमा आउने बताएका छन् । जोन योञ्जन निर्देशित फिल्ममा सञ्चिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एभोन राज उप्रेती, सँजोग रसाइली र अस्मिता लामिछानेको मुख्य भुमिका रहेको छ। आर्यन सिग्देल विशेष भूमिकामारहेको फिल्ममा राजेश हमलाको न्यारेशन छ।
निर्देशक योञ्जनको कथालाई पटकथामा सायदले साथ दिएका छन। आलोक शुक्लाको छायाँकन, भिम विश्वकर्माको सम्पादन, मणि रत्न तत्रिपाठीको साउण्ड डिजाइन फिल्ममा दिपक आर जे र कमल रेग्मीको संगीत रहेको छ। राजेश हमाल केवल सुपारस्टार होइनन् उनि एक भावना हुन् भन्ने ट्यागलाइनमा बनेको फिल्ममा अभिनेता हमालले भने अभिनय गरेनन् ।
कमेन्ट गर्नुहोस्










