बाह्र लागे अनुभव

फिल्म । बालकलाकारको रुपमा चिनिएका अनुभव रेग्मी आजबाट १२ औ वर्षमा प्रवेश गरेका छन् । नाई नभन्नु ल २ मार्फत फिल्मनगरीमा प्रवेश गरेका अनुभवले डेब्यु फिल्ममै दर्शकको मन जिते । नाइँ भन्नु ल सिरिजसंगै हुर्किएका अनुभव दिनहुँ जसो जन्मदिनमा पनि अनुभव बिहान ८ बजे बुद्धनगरस्थि आफु पढ्ने काव्य स्कूलमा गए ।

स्कूलका साथी तथा शिक्षक शिक्षिकाले जन्मदिनको शुभकामना दिए । उनले स्कुलका शिक्षक र साथिसंग जन्मोत्सवको खुसियाली साटेका छन् । क्लास प्रवेश अगाडी स्कुलमा सम्पूर्ण विधार्थी आफ्नो कक्षा अनुसार लाइनमा लागेर राष्ट्रगान गाउने गर्छन । उक्त समयमा सम्पूर्ण विधार्थी तथा शिक्षकले एकै साथ् उनलाई ‘जन्मदिनको शुभकामना’ दिएका थिए । स्कुलका शिक्षक तथा अनुभवका सहपाठीले उनको मिलनसार व्यबहारको तारिफ गरे ।

कमेन्ट गर्नुहोस्