फिल्म । यसवर्षको दोस्रो शुक्रबारबाट दुइ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । छक्का पञ्जा २ रि-रिलिज गरिएको छ भने कालो वर्ष पनि प्रदर्शनमा आएको छ । दुवै फिल्मले सिंगल स्टेसनलाई लक्षित गर्दै प्रदर्शनमा आएका हुन् । छक्का पञ्जा २ ऐतिहासिक ब्यापार गर्न सफल फिल्म हो भने कालो वर्ष फ्रेस रिलिज भएता पनि आश नगरिएको फिल्म हो ।

लक्षु गौतमको निर्देशन रहेको ‘कालो वर्ष’ मा ओकेश पनेरु र अनुपा खड्का प्रमुख भूमिकामा छन् । फिल्मलाई रामेश्वर हुमागाइँले खिचेका हुन् । फिल्ममा पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुलेजलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यसमा योगेन्द्र प्रसाद पनेरु, राम खड्का र श्याम खड्काको संयूक्त लगानी छ ।

केही सिन थपघट गरेर पुनः प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा २’ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । पुनः प्रदर्शनमा फिल्मले गरेको व्यापारको ५० प्रतिशत समाजसेवामा खर्चिने निर्माता तथा कलाकार दीपकराज गिरीले घोषणा गरिसकेका छन् । मल्टीप्लेक्समा फिल्मले एक सोज नपाए पनि सिंगल स्क्रिन भने दुई दर्जन बढी पाएको छ । यसमा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, स्वरूपपुरुष ढकाल, स्वस्तिमा खड्का, केदार घिमिरे, वर्षा राउतलगायतको अभिनय छ ।