एक्सन अवतारमा विपिन, यस्तो छ ‘कर्मा’को टिजर

फिल्म । अभिनेता विपिन कार्कीको एक्सन अवतार रहेको नेपाली फिल्म ‘कर्मा’को टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकको आयोजना गर्दै सार्वजनिक गरिएको टिजरमा बदलाको भावना देखाएइको छ । ‘कर्माको खेले हो यो सबै, …न कोही जोगियो न कोही जोगिन्छ’ भन्ने संवादले दर्शकलाई आकर्षित गरेको छ ।

टिजरमा विपीनको एक्सनसँगै उनको भावनात्मक पक्ष पनि देखाइएको छ । उनी परिवारकै लागि एक्सनमा उत्रिएको संकेत टिजरमा छ । टिजरमा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लागायतको अभिनय रहेको छ ।

‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुन् । नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदैछ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ । ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।

यो चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्यगग्राउण्ड स्कोर, शाहिल खानको टिजर-ट्रेलर, विजय बस्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।

कमेन्ट गर्नुहोस्