रुचाइयो आशिषको ‘पिरिम नलाउने’

जयहोस् । आउदै गरेको दसैँलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीत ‘पिरिम नलाउने’ लाई दर्शक छन् । आशिष सचिन र मेलिना राइको स्वर रहेको गीतलाई संगीतकार दीपक शर्माले कम्पोज गरेका हुन् । पछिल्लो समय फिल्म ‘छक्का पञ्जा ३’ मा समावेश गीत पहिलो नम्बरमा मार्फत चर्चामा रहेका दीपकले यसगीतलाई फिल्मी शैलीमा कम्पोज गरेका छन् । गीतमा शब्द पनि उनकै रहेको छ । दसैँको माहोल झालिकिने किसिमले तयार गरिएको गीतको भिडियोमा गायक आशिष सचिनसँगै मोडेल बर्षा राउत देखिएकी छिन । प्रेमिकाको गुनासो र प्रेमीको परिस्थितिलाई यसमा चित्रण गरिएको गीत न्युज तयार पार्दा सम्म युट्युब नेपाल ट्रेण्डिङको १४ औ नम्बरमा छ । यसैगरी गत मंगलवार अपलोड गरिएको गीतले ५ लाख ६५ हजार भ्युज पाइसकेको छ । दर्शकको मायाले हौसिएका गायक आशिषले सांगीतिक यात्रामा अगाडी बढ्ने उर्जा मिलेको बताए । उनले भने ‘यो माया र विश्वासलाई अगाडी बढाउछु , आउदा गीतमा अझै मेहनत गर्नेछु ।’आरोही एल्बममा समावेश गीतको भिडियोलाई सञ्चारकर्मी समेत रहेका सुव्रत आचार्यले निर्देशन गरेका छन् । पछिल्लो समय गीत ‘मनमगन’ मार्फत चर्चामा आएका सुव्रतले यसगीतलाई पनि फिल्मी रुपमा तयार गरेका छन् । ‘गीत नै फिल्मी थ्यो , त्यसैले यसलाई त्यसै अनुसार छायाँकन गर्यौ’ सुव्रतले भने । उनले गीतमा गायक आशिष र वर्षाको जोडी सुहाएर नै फिचर्ड गरेको समेत बनाए । गीतमा सुव्रतलाई कन्सेप्ट क्रिएटरको रुपमा उनकै श्रीमती जया शर्माले साथ् दिएकी छिन । यसमा उत्सव दाहालको छायाँकन रहेको छ भने यसलाई नविन निरौलाले कलर र सम्पादन गरेका छन् । गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् । गीतमा दसैँमा गाउँ फर्किएको परदेशीको मायालुसँगको भेटलाई दर्साइएको छ ।
कमेन्ट गर्नुहोस्