‘डिग्री माइला फरक प्रयास हो’ : दयाहाङ

फिल्म । ‘कबड्डी’ शृंखलाकै वरपर रहेर फिल्म तयार गरिरहेको आरोप खेपिरहेका निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राई गत नयाँ वर्षको अवसर पारेर गत चैत ३० गतेबाट प्रदर्शन भएको फिल्म ‘डिग्री माइला’ बन्चित भए । नयाँ शैली र नाटकघमा रुचाइएको कथालाई पर्दामा ल्याएकाले आफ्ना पछिल्ला फिल्म भन्दा फरक भएको अभिनेता राईले बताए ।

‘यो गाउँ, समाजमा देखिने पात्र हो । यसको आफ्नै भोगाई छ । यसलाई नाटक बनाउँदा नै फिल्ममा ल्याउने सोच आएको थियो । यद्यपि अवस्था अनुकुल भएका कारण अहिले आट गरेका हौँ’, अभिनेता राईले भने ।

उनले आफ्नो पात्रले वेरोजगारीको पिडा खेपिरहेका पेन्डुलम भूमिका निर्वाह गरेको बताए । ‘म व्यापारलाई अपेक्षित नै मान्छु, हामीले काम सुरु गर्दा आइरहेका शृंखला भन्दा बाहिर रहेर काम गर्दैछौँ भन्नेमा स्पष्ट थियौँ । हामीले नयाँ विषय र शैलीलाई दर्शक माँझ ल्याएका थियौँ । फिल्म यस्तो हुन्छ र लगानी सुरक्षित गरेर केहीमाथि जान्छ होला तर हाम्रो टिमले बनाएको विगतका फिल्मको बक्स अफिस कलेक्सनसम्म पुग्छ भन्ने चाहिँ अपेक्षा राखेका थिएनौं’, अभिनेता राईले भने ।

फिल्मले एक सातामा ५ करोड ५ लाख कमाएको निर्माता मणिराम पोखरेलले जानकारी गराए । यो चलचित्र विकास बोर्डको तथ्यांक रहेको उनको जिकिर थियो । उनका अनुसार, फिल्मले काठमाडौं उपत्यकाभित्र २ करोड ५० लाख र उपत्यकाबाहिर २ करोड ५५ लाख कमाएको छ । फिल्ममा दयाहाङ मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको भूमिकामा छन् । यसमा आँचल शर्मा दयाको जोडी बनेकी छन् ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर फिल्मको निर्माण गरेको हो । फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । आगामी चैत ३० गते प्रदर्शन हुने फिल्ममा ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई ट्यागलाइन बनाईएको छ ।

यसको निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ तथा कार्यकारी निर्माता क्रिश लामा हुन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । फिल्मलाई शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

कमेन्ट गर्नुहोस्