‘सहयोग गर्न तयार छु’

संगीत । गायिका आस्था राउतले आफुले प्रहरीलाई सहयोग गर्न तयार रहेको बताएका छन् । गायिका राउतलाई पक्राउ गर्न प्रहरीले अनुमती पाइसकेको छ । यसैले गर्दा आस्था नेपाल आउने वितिकै पक्राउ पर्नेछिन् । उनि यतिबेला सिक्किममा छिन् , शोमा सहभागी हुन् त्यहाँ पुगेकी हुन् । त्यहिँ शो मा सहभागी हुन् जाने क्रममा गत बुधवार उनले आफ्नो सामाजिक सञ्जाल मार्फत एउटा भिडियो सार्वजनिक गरिन् । गायिका राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमार्फत एउटा श्रव्यदृष्य सामग्री पोस्ट गरिन् ।

उक्त भिडियो हाल सामाजिक सञ्जालमा भाइरल नै भएको छ । तर , भिडियोमा राउतले बोलेको शब्दले समग्र प्रहरीकै प्रतिष्ठामा आँच आउने देखिएपछि उनि विरुद्ध मुद्दा दायर भएको थियो । यसपछि, आस्थाले फेसबुक लाइभ मार्फत माफी पनि मागिसकेकी छिन् । प्रहरीले आस्था राउतलाई पक्राउ गर्ने अनुमती पाएको तर उनी फरार रहेकाले खोजी जारी रहेको बताएको छ । यसै बीच आस्थाले आफु प्रहरीलाई सहयोग गर्न तयार रहेको बताएकी छिन् । शोको तयारीमा रहेकी आस्थाले आफुले कुनै औपचारिक जानकारी नपाएको र नेपाल फर्किएपछि सहयोग गर्न तयार रहेको बताएकी छिन् ।

कमेन्ट गर्नुहोस्