न्यायका लागि र्‍याली

फिल्म । दिवंगत अभिनेता सारुक ताम्राकारको न्यायको लागि परिवार तथा समर्थकले शान्तिपूर्ण र्‍याली निकालेका छन् । शनिबार बिहान साढे ९ बजेतिर ज्ञानेश्वर चोकदेखि मालीगाउँसम्म निकालिएको मौन र्‍यालीमा सहभागीले ‘जस्टिस फर सारुक’ र ‘जस्टिस फर सारुकस् मदर’ लेखिएको सेतो रंगको टिसर्टमार्फत आफ्नो भावना व्यक्त गरेका थिए । र्‍यालीमा सहभागीहरुले सारुकको निधनको निष्पक्ष रुपमा अनुसन्धान हुनुपर्ने र सत्यतथ्य प्रहरी प्रशासनले चाँडै सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

सारुककि आमा रुक्मणी ताम्राकारले केही दिन अगाडी मात्र आफ्नो छोराको अनुसन्धानमा भईरहेको विषयलाई जानकारी नगराईएको भन्दै गुनासो गरेकी थिइन् । सारुकको निधनको ५२ दिनमा उनका पिता तथा कलाकार सानु ताम्राकारको पनि निधन भएको थियो । छोराको निधनको शोकमा उनी बिरामी परेका थिए । छोरा र बुबा दुवैको निधन भएपछि चौतर्फी रुपमा गम्भीर छानबिन हुनुपर्ने भन्दै आवाज उठिरहेको छ । सारुकलाई आमहत्या गर्न बाध्य पारिएको हुनसक्ने आशंका धेरैको छ ।

कमेन्ट गर्नुहोस्