‘हिजो आजका कुरा’ ले पछी डेट घोषणा गर्ने

फिल्म । कोरोना भाइरस (कोभिड १९) को कारण यतिबेला विश्वनै ठप्प छ । विश्वका अधिकांस देशले ‘लकडाउन’ गरेर सामाजिक दुरी कायम गरिरहेका छन् । नेपालमा पनि गत चैत्र ११ देखि लकडाउन छ । यसै बीच वैशाखको दोस्रो साता प्रदर्शनमा आउने भनिएको फिल्म ‘हिजो आजका कुरा’ युनिटले छिटै नयाँ प्रदर्शन मिती तय गर्ने बताएका छन् ।

निर्माण कम्पनी पन्त फिल्म प्रोडक्सनले सोमबार एक प्रेस बिज्ञप्ती जारी गर्दै स्थिति सहज भएसँगै नयाँ डेट घोषणा गरिने जनाए । वरिष्ठ अभिनेता सन्तोष पन्तको कथा र निर्माणमा तयार फिल्मलाई उनकै छोरा साकार पन्तले निर्देशन गरेका छन् । फिल्म युनिटले साकारले कोराना भाइरसबाट बच्नका लागि संयमता अप्नाउन सबैलाई आग्रह समेत गरेकाछन् ।

समसामयिक बिषयमा निर्माण गरिएको ‘हिजो आजका कुरा’ मा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्य देव पन्त, रिमा विश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल,अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्य लगायतका कलाकारले अभिनय गरेका छन् । रवि सायमीको छायाँकन रहेको फिल्मलाई सन्दीप कृष्ण, साकार पन्त र निरन्जन पन्तले लेखेका हुन् । फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त,सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् ।

कमेन्ट गर्नुहोस्