टिभी । टेलिभिजन रियालिटी शो ‘र्याप ब्याटल नेपाल’ को सिक्किम अडिसन शनिबार सम्पन्न भएको छ । उक्त अडिसन सिक्किमको प्रान्तिय राजधानी गान्तोकमा भएको हो । सिक्किम अडिसनमा ७३ जना नेपालीभाषी सिक्किमेलीहरुले सहभागिता जनाएका थिए । जसबाट १२ जना अर्को चरणका लागि छनोटमा परेका छन । सिक्किममा र्याप सम्बन्धी पहिलो अडिसन भएकाले पनि सहभागीहरु उत्साही रहेको पाईएको छ ।
त्यस्तै फेब्रुअरी १९ मा दार्जिलिङमा अडिसन हुँदैछ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा भैरहेको ‘र्याप ब्याटल नेपाल’ एपीवान टेलिभिजनमा आगामी अप्रिलबाट प्रसारणमा आउँदैछ । शोमा नेपाली सांगीतिक फाँटदेखि बलिउडका संगीतकर्मीहरु निर्णायक रहेका छन ।
कमेन्ट गर्नुहोस्