‘२.०’ को पुरानो टिजर (भिडियो)

जयहोस् । पछिल्लो समय फिल्म ‘२.०’ निकै चर्चामा छ । फिल्म ‘रोबर्ट’ सिक्वेल भएको कारण पनि यसले निर्माण घोषणाको समय देखि नै हाइप पाइरहेको छ । त्यसो त फिल्मलाई हाईपमा ल्याउने काम यसमा भएको कास्ट र निर्देशक शंकरले पनि गरेका छन् । फरक विषयवस्तुमा फिल्म बनाउन माहिर मानिने शंकर र कास्टमा रजनिकांत र अक्षय कुमार भएकै कारण फिल्म प्रतिक्षित छ । यसैफिल्मको टिजर सार्वजनिक भईसकेको छ । सेप्टेम्बर १२ मा सार्वजनिक भएको टिजरले दर्शकबाट यतिबेला मिश्रित प्रतिक्रिया पाइरहेका छन् । केहिले यसलाई तारिफ गरेका छन् भने कहिले यसको भिएफएक्सलाई ‘कच्चा’ भएको भन्दै ‘झुर’ को ट्याग समेत कमेन्टमा दिएका छन् । तर हामी तपाईलाई यस टिजरसँग जोडिएको अर्को तथ्य पनि बताउदैछौ । यसफिल्मको सार्वजनिक गरिएको टिजर केहि समय अगाडी नै तयार गरिएको थियो । फिल्मका कलाकार रजनिकांतको पछिल्लो जन्मोत्सवमा यस टिजरलाई देखाइएको थियो । उनको जन्मोत्सवमा टिजर देखाइएता पनि युट्युबमा भने राखिएको थिएँन , किनकी फिल्मको डेट अन्यौल थियो । तर पछिल्लो समय फिल्म निर्माण कम्पनि लाइका प्रोडक्सनले यसलाई आउदो नोभेम्बर २९ मा रिलिज गर्ने घोषणा गरिसकेको छ ।
कमेन्ट गर्नुहोस्