‘२.०’ मा ऐश्वर्या पनि !

टलीउड । यसवर्षकै ठुलो फिल्म ‘२.०’ को नोभेम्बर लास्टमा रिलिज हुदैछ । फिल्म रिलिजको लागि झन्डै एकसाताको समय बाकी रहदा यसको चर्चा बढ्दो छ । एसियाकै महँगो फिल्म भनिएकोले पनि यसलाई दर्शकले प्रतिक्षा गरिरहेका छन् भने यो रोबर्टको सिक्वेल पनि हो । रजनिकांत, अक्षय कुमार , एमी ज्याक्सन लगायतको अभिनय रहेको फिल्मलाई निर्देशक शंकरले निर्देशन गरेका छन् ।

फिल्म रिलिज नजिकिदै गर्दा यसमा ऐश्वर्या राय बच्चन पनि रहेको चर्चा भारतीय मिडियामा छ । पहिलो भागमा ऐश्वर्या नै लिड हिरोइन थिइन् यसैले गर्दा पनि यसको सिक्वेलमा उनलाई दर्शकले हेर्ने चाहना त छ नै । यसलाई मध्यनजर गर्दै निर्देशक शंकरले केहि गरेका छन् । उनले दिएको पछिल्लो अन्तर्वार्तामा ऐश्वर्य बिना ‘२.०’ पुरा नहुने बताएका छन् । तर थप जानकारी भएन दिएनन् ।

फिल्मलाई हाईपमा ल्याउने काम यसमा भएको कास्ट र निर्देशक शंकरले पनि गरेका छन् । फरक विषयवस्तुमा फिल्म बनाउन माहिर मानिने शंकर र कास्टमा रजनिकांत र अक्षय कुमार भएकै कारण फिल्म प्रतिक्षित छ । लाइका प्रोडक्सनले यसलाई आउदो नोभेम्बर २९ मा रिलिज गर्ने घोषणा गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्