‘गल्ली ब्वाई’ को कमाइ कति ?

फिल्म । बलिउडमा पछिल्लो समय अभिनेता रणवीर सिंह अभिनयको कारण चर्चामा आउने गर्छन । उनको इनर्जी लेभलको निकै चर्चा हुनेगर्छ । उनि पनि आफ्नो भूमिकालाई दमदार रुपमा प्रस्तुत गर्न कहिँ कतै चुक्दैनन् । पछिल्लो फिल्म सिम्बामा एक्सन अवतारमा देखिएका रणवीर नयाँ फिल्म ‘गल्ली ब्वाई’ मा र्‍यापरको भूमिकामा देखिएकाछन् ।

र्‍यापर बन्नको लागि गरिएको संघर्षमा रणवीर फिट छन् । फिल्मकै लागि उने र्‍याप समेत सिकेका थिए । पछिल्लो समय उनको गीत ‘अपना टाइम आएगा’ बोलको गीतलाई दर्शक तथा श्रोताले रुचाएका छन् । फिल्ममा उनि र्‍यापर बन्ने सपना बोकेको गल्ली ब्वाईको भूमिकामा छन् । जसले सपना पुरा गर्नको लागि गर्ने संघर्षलाई फिल्ममा देखाइएको छ । उनको अपोजिटमा छिन , आलिया भट्ट । रणवीर र आलियाको जोडी पहिलो पटक पर्दामा देखिएको हो । फिल्मलाई जोया अख्तरले निर्देशन गरेकी छिन ।

उनले एक गीतबाट आफुले प्रभावित भएर फिल्म तयार गरेको बताईसकेकी छिन । यसअघि जोया निर्देशित जिन्दगी नामिलेगी दोबरा र दिल धड्कने दो फिल्मलाई दर्शकले रुचाइसकेका छन् । यस्तै विविध कारणले दर्शक माँझ प्रतिक्षित फिल्म बनेको ‘गल्ली ब्वाई’ ले पहिलो दिन १९.४० करोड र दोस्रो दिन १३.१० करोडको व्यापार गर्न सफल भएको छ । फिल्मले निकै राम्रो रेस्पोन्स पाईरहेको छ । फिल्मले शनिवार र आइतवार राम्रो कमाइ गर्ने अनुमान भारतीय मिडियाले लगाई रहेकाछन् । (एजेन्सी )

कमेन्ट गर्नुहोस्