संगीत । नायिकाहरु गायिका बन्ने क्रम बढ्दो नै छ । प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङ, परमिता आर एल राणा, रेखा थापा, निरुता सिंह लगायत गायिका बनिसकेका छन् । तर, गायिकाहरुले गायनमा आफुलाई निरन्तरता भने दिन सकेका छैनन् । यद्दपी नायिकाहरुको गायन मोह भने बढेको नै छ ।
यहिँ लिस्टमा थपिएकि छिन् , अनु शाह । उनले हालै एउटा गीतमा आवाज भरेकी छिन् । वरिष्ठ पत्रकार शान्तिप्रियको शब्द तथा सन्तोष श्रेष्ठको संगीतमा तयार भएको एक गीतमा अनुले आवाज भरेकी हुन् ।गायिका अनुले आफूलाई सानैदेखि गीत गाउने रहर भएको केहि अन्तवार्तामा बताएकी थिइन् । यद्दपी उनको रहर अहिले पुरा भएको छ । अनु पछिल्लो समय केही म्यूजिक भिडियोमा अभिनय गरिरहेकी छिन् ।
कमेन्ट गर्नुहोस्











