‘अहिले दर्शकले मनोरन्जनात्मक फिल्म हेर्न खोजिरहेका छन्’

फिल्म । ‘पञ्चेबाजा’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ पूर्ण रुपमा मनोरन्जनात्मक फिल्म रहेको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले फिल्मको कथासार बारे प्रस्ट्याए । उनले भने,‘यो फिल्म बाबुछोरीको कथा मात्र होइन । यसमा मित्रता र ड्रामा पनि छ । यसलाई अहिले दर्शकको टेस्ट बुझेर तयार गरेको छु ।’

उनले कोरोना महामारीको समय पश्चात दर्शकले मनोरन्जनात्मक फिल्मलाई बढी प्राथमिकता दिएको बताए । ‘अहिले दर्शकको रोजाईमा परिरहेका फिल्मकै अनुसार चित्रा तयार भएको छ । यसले हलसम्म पुग्ने दर्शकलाई निराश बनाउदैन’,निर्देशक लामिछानेले भने ।

अभिनेता प्रमोद अग्रहरीले फिल्ममा आफूलाई फरक फरक चरित्रमा देख्न पाइने बताए । अर्का अभिनेता सन्तोष अधिकारीले फिल्म र चरित्रलाई लिएर अगाडिदेखि नै तयारी थालिएको विषयमा जानकारी गराए ।

हालै सार्वजनिक भएको फिल्मको ट्रेलरमा एक्सन र पारिवारिक कथाको समिश्रण देखाईएको छ । अर्पण थापा,प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे जस्ता परिचित कलाकारको अभिनय रहेको फिल्ममार्फत सन्तोष अधिकारी अभिनेताको रुपमा डेब्यु गर्दैछन् ।

यसमा अन्जना बराईली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

आशिष थापा मगर निर्माता रहेको फिल्मका कार्यकारी निर्माता अभिनेता अधिकारी हुन् । यसमा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा, राजनराज शिवाकोटीको सङ्गीत, महेश पौडेलको छायाँकन, शैलेश श्रेष्ठको पार्श्व सङ्गीत, बनिश शाह र सन्देश शाहको सम्पादन रहेको छ । सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको वितरण श्री कृष्ण फिल्म्सले गर्दैछ । यसको अष्ट्रेलिया प्रदर्शक भने अविनास रोकामगर हुन् ।

फोटो सौजन्य : राज मल्ल / फोटो पत्रकार
कमेन्ट गर्नुहोस्