प्रदेश नं: १ मा कलाकार संघ

फिल्म । कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले प्रदेश नम्बर १ मा शाखा विस्तार गरेको छ । फिल्मकर्मी पुष्प श्रेष्ठको संयोजक्तवमा २१ सदस्य कमिटी गठन भएको हो कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताएका छन् । संघका केन्द्रीय अध्यक्ष रविन्द्र खड्काको प्रमुख आतिथ्यतामा इटहरीमा सम्पन्न कलाकारहरुको भेलाले तर्दर्थ समिति गठन गरेको छ । समितिको सह संयोजकमा दिनेश कोइराला र सदस्यहरुमा भिम लामा , जतिन ताम्राकार , माधव पौडेल खत्री , लेजिना सुवेदी , रेश्मा घिमिरे , प्रवल दीप विश्वास , नविन सुब्वा , रेखा लिम्वु , गणेश राउत , मिलन सुवेदी , हरि प्रसाद सुब्वा , मेघराज लिम्वु (गोपाल) , श्याम कटवाल इश्वर गुरुङ्ग , सुजन ढकाल , शारदा शाक्य , ममता चौधरी , धर्मेन्द्र आचार्य र तुलसी घिमिरे रहेका छन् ।

संघको विधानले नेपाल राज्यभरी र प्रवाशमा समेत शाखा खोल्ने ब्यवस्था गरे अनुरुप नै विस्तारमा लागेको निरौलाले बताए । यसरी गठन भएका शाखाहरुले केन्द्रीय कार्यसमितिको वैठकवाट निर्णय भए पछि वा अनुमोदन भए पछि वैधानिकता प्राप्त गर्ने छन ।

कमेन्ट गर्नुहोस्