जसले हलमै पुगेर हेरे ‘भिजिट भिसामा’ (फोटो फिचर)

फिल्म । मह सञ्चारको ब्यानरमा निर्मित फिल्म ‘दाल भात तरकरी’ निर्माणको समय देखि नै चर्चामा छ । यहि टिमले निर्माण गरेको पछिल्लो फिल्म ‘शत्रु गते’ लाई दर्शकले रुचाएपछी आउदो बैशाख १३ मा रिलिज हुने फिल्मको चर्चा बढ्दो छ । फिल्म युनिटले प्रचारप्रसार सुरु गर्दै पहिलो गीत ‘भिजिट भिसामा’ सार्वजनिक गरेको छ ।

राजधानी स्थित कुमारी हलमा आयोजना गरिएको कार्यक्रममै पुगेर केहि फिल्मकर्मीले गीत हेर्दै डेब्यु निर्देशक सुदन केसीलाई आशिर्वाद दिए । फिल्मका अधिकाँस कलाकार फिचर्ड गीतलाई हेर्न निर्देशक अशोक शर्मा , कलाकार भुवन केसी , रमेश उप्रेती , निर्मल शर्मा , दीपाश्री निरौला , जितु नेपाल, सिताराम कट्टेल , निर्देशक प्रदीप भट्टराई पुगेका थिए । झट्ट हेर्दा कुनै फिल्मको प्रिमियरको झैँ झल्को दिने गीत सार्वजनिक कार्यक्रममा सबैले डेब्यु निर्देशक सुदनलाइ बधाई दिए । आशिर्वाद दिने हात धेरै हुदा आफुलाइ भाग्यमानी अनुभूत भएको सुदनले बताए ।

‘निकै खुसि छु डर लागिरहेको थियो , के कस्तो प्रतिक्रिया आउछ भनेर’ सुदन भन्छन् ‘महको नाम न डगमगाउने गरि काम गरेको छु ।’ उनले फिल्म युनिटसँगै आशिर्वाद दिन आइपुगेका फिल्मकर्मी प्रति आभारी रहेको समेत बताए । ‘निकै खुसि लाग्दो रहेको आफ्नो पहिलो कामलाई प्रतोत्सहन गर्न आउने प्रति’ सुदनले भने । उनि अभिनेता किरण केसीका छोरा हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य, निरुता सिंह, पुष्पल खड्का, आँचल शर्मा , बर्षा राउत, राजाराम पौडेललाई देख्न सकिनेछ ।

कमेन्ट गर्नुहोस्