कमलको ‘पहिलो माया’ सार्वजनिक (भिडियो)

473 Shares

संगीत । गायक कमल खत्रीले ‘पहिलो माया’ बोलको गीत सार्वजनिक गरेका छन् । उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको लिरिकल भिडियोलाई दर्शकले प्रारम्भिक रुपमा राम्रो प्रतिक्रिया दिएका छन् । युट्युबमा आएको कमेन्टले यसको भिडियो समेत डिमाण्ड गरेको छ । गीतमा कमल खत्रीको स्वर र संगीत छ भने सुदिप लम्सालको शब्द रहेको छ ।

राजकुमार बस्नेतले तयार पारेको लिरिकल भिडियोमा कमलकै तस्वीरहरु प्रयोग गरिएको छ । गीतमा पहिलो मायाको महत्वलाई वर्णन गरीएको छ । मेलोडियस गीतमा रुचाइएका कमल पछिल्लो समय पार्श्वगायनमा पनि उत्तिकै व्यस्त छन् । आफै शब्द लेख्ने , कम्पोज गर्ने र गाउने भएकाले पनि कमलको गीत चयनलाई दर्शक तथा श्रोताले रुचाउदै आएका छन् । उनि पछिल्लो समय स्टेजमा पनि उत्तिकै व्यस्त छन् ।

Facebook Comments