फिल्म । ऋषभ शेट्टीको फिल्म ‘कान्तारा’ले बक्स अफिसमा अभूतपूर्व सफलता हासिल गरेपछि यसको चर्चा सर्वत्र भयो । सफलताकै कारण निर्माण पक्षले यसको प्रिक्वेल तयार गरेर यसै वर्षको अक्टोबर २ मा हलमा रिलिज गर्दैछ । सन २०२२ को ब्लकबस्टर फिल्म पछि मास्टरमाइन्ड ऋषभ शेट्टीले ‘कान्तारा’ को प्रिक्वेलको लागि आफ्नो सबै बल दिएका छन् ।
‘कान्ताराः अध्याय १’ को कथा तटीय कर्नाटकको कदम्ब कालमा आधारित छ । कदम्बाहरू लामो समयसम्म कर्नाटकका केही भागहरूमा शासन गरेका थिए र उनीहरूले यस क्षेत्रको वास्तुकला र संस्कृतिलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यो अवधिलाई भारतीय इतिहासको स्वर्णिम कालसमेत मानिन्छ ।
फिल्ममा ऋषभ शेट्टी मुख्य भूमिका मात्रै नभई फिल्मको निर्देशन पनि गरेका छन् । सन् २०२३ मा शेट्टीले ‘कन्तारा’मा दर्शकले जे देखेका थिए त्यो यो अब आउने फिल्मको भागः२ हो र यस फिल्म पछिको अर्को रिलिज ‘कान्तारा’ को प्रिक्वेल हुने घोषणा गरेका थिए ।










