गौरवको गीतमा सुरविना (भिडियो)

संगीत । पछिल्लो समय भारतमा रहेर आफ्नो मोडलिङ करियरलाई अगाडी बढाउने कोसिसमा रहेकी एक्ट्रेस सुरविना कार्कीले भारतीय गायक गौरव डङ्गोनकरको भिडियोमा अभिनय गरेकी छिन । मोहमद रफीको आवाजमा रहेको ‘अकेले अकेले’ गीतलाई रि-क्रिएट गर्दै गौरवले तयार परेका हुन् । गीतको शब्दमा कुँवर जुनेजाले केहि थपघट गरेका छन् भने यसलाई रि एरेन्ज निलेश दहानुकारले गरेका हुन् ।

गीतलाई गौरवले गाएका छन् । कभर गायन मार्फत चर्चामा आएका गौरवले कमल खत्रीको आत्मा गीतको कभर भर्सन गाएपछी नेपाली संगीत प्रेमी माँझ आफुलाई चिनाउन सफल भएका थिए । ‘अकेले अकेले’ गीतको भिडियोमा सुरविनासंगै उनको को-स्टारको रुपमा मनराज सिंहलाई देख्न सकिन्छ । सारेगामा म्युजिकको युट्युब च्यानल मार्फत अपलोड गरिएको गीतलाई सोङ्गफेस्टले निर्माण गरेको हो । गीतमा सुरविना र मनराजको प्रेमलाई दर्साइएको छ । गीतको भिडियोलाई कार्तिकले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्