‘टाइगर’ सिरिजमा प्रभु निर्देशक ?

फिल्म । बलिउडका टाइगर अर्थात सलमान खानलाई एक्सन अवतारमा दर्शकले रुचाउने गर्छन् । विशेष गरि उनलाई एक था टाइगर र टाइगर जिन्दा है मा दर्शकले निई रुचाए । फिल्ममा उनको कमेडी , एक्सन र को-स्टार कट्रिना कैफसँगको रोमान्सलाई दर्शकले साथ् दिए जसले गर्दा फिल्मले बक्सअफिसमा निकै राम्रो कमाइ गर्यो । यिनै सलमानले फिल्मको तेस्रो सिरिजको बारेमा बोलेका छन् । उनले फिल्मको तेस्रो सिरिज बन्ने र त्यसमा कट्रिनानै देखिने बताएका छन् ।

‘हामी तेस्रो सिरिजलाई अवश्य बनाउने छौ र कट्रिनानै मेरो को-स्टार हुनेछिन्’ सलमानले कुराकानीकै क्रममा भने ‘फिल्मलाई दर्शकले रुचाइ रहेका छन् भने हामीले बनाउन किन पछी हट्ने , हामी कथाको खोजीमा छौ र मेरो केहि सेड्युल सकिएपछी लाग्नेछौ ।’ सलमानको भनाइ अनुसार फिल्मको शुटिङ समय मिलेपछि हुनेछ फिल्म पहिलो सिरिज एक था टाइगरलाई कबिर खानले निर्देशन गरेका थिए भने टाइगर जिन्दा हैलाई अलि अब्बास जफरले । तर यसको तेस्रो सिरिजलाई प्रभुदेवाले निर्देशन गर्ने चर्चा भारतीय मिडियामा छ ।

सलमान पछिल्लो समय आफ्नो नजिकको निर्देशकसँग काम गर्ने गरेका छन् । उनले कबिरलाई ट्युबलाइट र अलिलाई भारत निर्देशकको जिम्मेवारी दिएका थिए । तर , दुवै फिल्मले कमाल गर्न सकेनन् । अर्थात् फ्लप रहे । यसैले गर्दा उनले प्रभुदेवासँग ‘राधे’ फिल्ममा काम गरिरहेका छन् । पछिल्लो समय दबंगको तेस्रो सिरिज मार्फत दर्शक समक्ष आएका सलमानले प्रभुसँग चौथो पटक ‘टाइगर’ सिरिजमा काम गर्न लागेका हुन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्