माघ २० मा ‘ह्यारी की प्यारी’

फिल्म । अभिनेत्री सम्राज्ञी आरएल शाहको जन्मदिनमा उनी अभिनित पछिल्लो फिल्म ‘ह्यारी की प्यारी’ले प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले माघ २० गतेलाई प्रदर्शन तय गरेको हो । फिल्ममा उनको जोडी अभिनेता जीतु नेपाल बनेका छन् । सार्वजनिक एक पोस्टरमा बाकसमाथि उभिएका जितु र साम्राज्ञीलाई रिवनले बाँधिएको छ, साम्राज्ञीको अगाडी लेडिज ब्याग र बुके राखिएको छ । कमेडी जनरामा निर्माण भएको सामाजिक पारिवारिक सिनेमाको अर्को पोस्टरमा जितुले साईकल चलाई रहेका छन्, भने साम्राज्ञीले माइकिङ गरिरहेकी छिन् । तेस्रो पोस्टरमा उनीहरुलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

सार्वजनिक पोस्टरले जितु र साम्राज्ञीको रोचक केमेस्ट्री दर्शाउछ । विआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । अभिनेत्री रेखा थापाको विशेष भूमिकामा प्रस्तुत छिन् ।

डाक्टर कपिल रिजालको प्रस्तुति रहेको फिल्ममा रिजाल स्वयंमको कथा तथा निर्देशन तथा पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले लेखेका हुन् । दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यू गर्दैछन् । यसमा डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्