फिल्म । कृषा चौलागाईं निर्देशित एक्सन ड्रामा ‘पिताम्बर’ आजदेखि प्रदर्शन भएको छ । नयाँ वर्षलाई लक्षित गर्दै प्रदर्शन गरिएको फिल्ममा चिनिएका अनुहारहरुको भिडभाड नै छ । सौगात मल्ल, दयाहाङ राई, दिव्य देव पन्त, अनुप विक्रम शाही, प्रदीप खड्का, प्रमोद अग्रहरी, सुपुष्पा भट्ट, आर्यन सिग्देल, दिव्या रायमाझी, सुरक्षा पन्त, कामेश्वर चौरासिया, गौरव विष्ट लगायतका कलाकारको अभिनय रहेको छ ।
उल्लेखित कलाकार सङ्ख्यात्मक रुपमा बढी देखिए पनि कथा अनुसार प्रस्तुत भएको निर्देशक चौलागाईंले बताएकी छिन् । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।
विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मस्ले वितरण गरेको छ ।