टेलिभिजनको भर

गसिप । अनुपविक्रम शाही पनि धेरै कलाकारझैँ एउटा हिट फिल्मको खोजीमा छन् । यसका लागि कहिले हिरोको रोल त कहिले भिलेनको रोलमा चाकाचुली खेलिरहेका छन् । तर, खास सफलता कतै छैन । तुलना नै गर्ने हो भने हिरोभन्दा बरु भिलेनमै बढी रुचाइएका छन् । उनी हिरो भएका फिल्मले त निर्माताको मात्र होइन, उनकै समेत इज्जत लुटेका छन् ।

फ्लप फिल्मको थुप्रो के लाउनु भनेर होला अनुप अहिले सानो पर्दातिर आकर्षित भएका छन् । हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको रोडिजमा उनी टिम रेडको लिडरका रूपमा पर्दामा देखिइरहेका छन् । रोडिजको तेस्रो सिजनका केही भाग प्रसारण पनि भइरहेका छन्, जसमा अनुपले राम्रै प्रतिक्रिया पनि पाएका छन् । रोडिजको फम्र्याट र उनको पर्सनालिटी मेल खाएको धेरैको टिप्पणी छ । फिल्म त अनुपलाई खास फापेको छैन। संख्या बढाउने मात्र काम भइरहेको छ। टेलिभिजन फाप्ला कि ?

(सम्पूर्ण साप्ताहिकबाट साभार)

कमेन्ट गर्नुहोस्