हट दिशा

फिल्म । पछिल्लो समय बलिउडमा उदाउदै गरेकी एक्ट्रेस हुन , दिशा पटानी । मोडलिङमै सिमित रहदा एक्टर टाइगर श्राफकी प्रेमिकाको ट्याग पाएकी दिशाले एमएस धोनी र बागी २ जस्ता फिल्म मार्फत आफुलाई आफ्नै पहिचानमा स्थापित बनाइसकेकी छिन । पछिल्लो समय सलमान खानको फिल्म ‘भारत’ मा काम गरेकी दिशा तस्वीरकै कारण चर्चामा आउने गर्छिन् ।

आफ्नो बडीलाई सेक्सी लुक्स दिन सफल दिशा पछिल्लो समय रिलिज भएको फिल्म ‘मलंग’ को ट्रेलरमा रहेको एक दृश्यमा रेड बिकिनीमा देखिएकी छिन् । ट्रेलर सार्वजनिक हुने वितिकै फ्यानले उनलाई ‘वाह दिशा’ , ‘हट दिशा’ भन्दै सोसल मिडियामा मेन्सन गर्न थालेका छन् । त्यसो त उनि बेलाबखतमा बिकिनी अवतारमा कारण चर्चामा आइनै रहन्छिन् । जिरो फिगरको कारण चर्चामा आउने दिशा बि-टाउनमा चर्चाको विषय बन्ने गरेकी छिन । केहि समय अगाडी उनको इन्स्टाग्राममा शेयर गरेको तस्वीर भाइरल भएको थियो ।

कमेन्ट गर्नुहोस्