‘हात्तीछापले मनोरञ्जनसँगै संदेश दिन्छ’ : दयाहाङ

फिल्म । अभिनेता दयाहाङ राई अहिलेकका सर्वाधिक व्यस्त अभिनेता हुन् । उनको फिल्म छायांकन र प्रदर्शन दुवैमा जुध्ने गरेको छ । संयुक्तराज्य अमेरिकामा एक फिल्मको छायांकन सकाएर नेपाल फर्किए लगतै उनले माघ २६ मा प्रदर्शन हुने फिल्म ‘हात्तीछाप’ र ‘दयारानी’ को प्रचारप्रसार गरे । त्यस लगतै उनले ‘मनसरा’ को छायांकन सुरू गरिसकेका छन् । थियटरबाट आफ्नो करिअरको सुरुआत गरेका अभिनेता राईले यसको परिकल्पना समेत गरेका थिएनन् ।

तर, अहिले उनको सेड्युल त्यस्तै छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अभिनेता राईले ‘हात्तीछाप’को कथावस्तु मनपरेकाले आफू फिल्मसँग जोडिएको बताए । ‘निर्देशक सिमोस सुनुवारसँग लामो समयदेखि काम गर्ने बिषयमा छलफल भइरहेको थियो । पहिले पनि काम गर्ने भनेर गर्न पाइएन । यसैले, यसपटक सिमोसको निर्देशनमा काम गर्न म उत्साहित भएको हुँ । फिल्मले समाजका विभिन्न बिषयवस्तुलाई समेटेको छ । यसैले, म उत्साहित छु’, अभिनेता राईले भने ।

सिमोस सुनुवारको निर्देशनमा बनेको यो फिल्मले नेपालसँगै विदेशमा पनि सुखद कमाई गर्ने अपेक्षा गरिएको छ । किरण नेपालीको प्रस्तुतीमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, वुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

कमेन्ट गर्नुहोस्