सङ्गीत । ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन सार्वजनिक गरिएको छ । प्रतिक्षित रुपमा हेरिएको म्यूजिक खबर म्यूजिक अवार्ड ११ औं संस्करण विभिन्न ३९ विधामा आयोजना गरिन लागिएको हो । विगत ११ वर्षदेखि निरन्तर हुँदै आइरहेको यो अवार्ड म्यूजिक क्षेत्रकै विशिष्ट अवार्डमा रुपमा लिइने गरिन्छ । राष्ट्रिय भाव, पप, लोकदोहोरी, चलचित्र र आधुनिक विधाका विभिन्न स्रष्टा, सिर्जना, प्राविधिकहरुलाई समावेश गरेर अवार्ड आयोजना गरिँदै आइएको छ ।
म्यूजिक खबरको प्रस्तुतिमा रहेको यस अवार्डको आयोजना शुभकामना मिडिया सोलुसनले गरेको हो । गीतसंगीतको क्षेत्रमा सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापित भएको म्यूजिक खबर फाउन्डेसनको सहकार्यमा भएको यस अवार्डको अन्तिम कार्यक्रम आगामी बैशाखको अन्तिममा आयोजना गरिनेछ । अवार्डमा दीर्घ साधना सम्मान, दशकको सम्मान, युवा प्रतिभा सम्मान, बाल प्रतिभा सम्मान र कला पत्रकारिता सम्मानसमेत प्रदान गरिँदै आइएको छ । उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन निम्नानुसार रहेको छ । सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत १. प्रकृतिलाई –डा.आश बहादुर तामाङ २. राष्ट्रिय एकताको प्रतीक –बाबुराम श्रेष्ठ ३. सगरमाथा जस्तै –पुरुषोत्तम सानु ४. एक मुठी सास –उमेश लम्साल ५. देश छोड्नेको लर्को –डा.नवि अधिकारी
सर्वोत्कृष्ट पप÷लोकपप गीतकार १. मोहित मर्दन थापा –विहानी पख चरीले २. लेखु सहयात्री –मायाको सुगन्ध ३. विपिन आचार्य –पाइजनवाला ठुम्का ४. पुरुषोत्तम सानु –ढुङ्गा कुँदेर ५. श्याम महर्जन –आकाशमा
सर्वोत्कृष्ट पप÷लोकपप संगीतकार १. सौगात जंग थापा –माया बराबरी २. रमेशराज भट्टराई –मेरो क्रस हौ तिमी ३. वीपी वाग्ले –मेरो माया तिमीलाई ४. लेखु सहयात्री –माया र मोह ५. विपिन आचार्य –पाइजन वाला ठुम्का
सर्वोत्कृष्ट पप÷लोकपप गायक १. चेतन राई –तिमी धून बन २. रमेशराज भट्टराई –मेरो क्रस हौ तिमी ३. भद्र वली –मेरो माया तिमीलाई ४. नविन के भट्टराई –आगो सल्किन्छ ५. सौगात जंग थापा –माया बराबरी
सर्वोत्कृष्ट पप÷लोकपप गायिका १. माण्डवी त्रिपाठी –पाइजनवाला ठुम्का २. एन्जिला रेग्मी –चस्मा लगाउली ३. चाँदनी शाक्य –आकाशमा ४. अस्मिता अधिकारी –माया बराबरी ५. सारिका घिमिरे –कलियुगको राधा
सर्वोत्कृष्ट लोकगीत १. फरक हामीमा –रेजिना परियार २. एक्लै भयो पिपलु –विरही कार्की ३. नहेरन त्यसरी कान्छा –अन्जु श्रेष्ठ ४. जन्मघर –राजु ढुंगेल ५. भिज्यो सिरानी –कल्पना काफ्ले
सर्वोत्कृष्ट कल्चरल गीत १. रोधीघरमा जोर मादल (सालैजो) –सागर गुरुङ÷मीना बुढाथोकी २. माइली (कौरा) –मौसम गुरुङ÷पूर्णकला बिसी ३. थर दिन्छौ र (पन्चेबाजा) –रेशम निर्दोष÷सुमन थापा मगर ४. कान्छि (पञ्चेबाजा) –विजय केसी÷निशा केसी ५. भेना हजुर (कौरा) –देवी आले÷हेमन्त आले
सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा १. विक्रान्त पोखरेल –बनमा टाँकी छ २. रेनुका भट्टराई –म त ठिटी गाउँले ३. सचिन भट्टराई –बनमा स्याउला छ ४. पिमसरा आले –फूल रसैले ५. सपना सुनाम –सुन साइँली
सर्वोत्कृष्ट लोकदोहोरी भिडियो मोडल महिला १. अन्जु सुनार –गैरी खेतैमा २. नारायणी खत्री –माया रैनछ ३. शिल्पा पोखरेल –मायाको ढोका खोलिदेऊ ४. सञ्चिता शाही –धोको थिएन ५. जुना गुरुङ –तिमी बिना हाँसेर हिन्न
सर्वोत्कृष्ट लोकदोहोरी भिडियो मोडल पुरुष १. विजय पुन –जुन माया २. सागर लम्साल –मायाको ढोका खोलिदेऊ ३. सुमन परियार –बन्दुक एक नाले ४. गणेशमान घले –घर त गैरी गाउँ ५. देवेन्द्र बब्लु –रुनलाई त हो नि माया लाउनी
सर्वोत्कृष्ट लोकदोहोरी भिडियो निर्देशक १. शंकर बिसी –मायाको ढोका खोलिदेऊ २. मौसम हिमाली –कहाँको साइनो ३. दिप गुरुङ –माइली ४. काजिस श्रेष्ठ –बनको जडिबुटी ५. दिपेन्द्र तिमिल्सिना –घर त गैरी गाउँ
सर्वोत्कृष्ट लोकदोहोरी संगीत संयोजक १. सुदिप सागर –सकम्बरी २. सुनिल परियार –बनमा खयर ३. चेतन गोतामे –डुम्रे बजार ४. डोलराज बाह्रघरे –पट्टकोके झोरा ५. धिरज पाल्पाली –पारी पाखा बन
सर्वोत्कृष्ट लोकदोहोरी सम्पादन १. कुमार राना –पट्टकोके झोरा २. एचबीएन किस्मत –बनमा खयर ३. श्यामश्वेत रसाइली –सकम्बरी ४.दिप घतानी –नहेरन त्यसरी कान्छा ५. खडग बाजुराली –तप्प आँसु खस्यो
सर्वोत्कृष्ट शब्द लोकदोहोरी १. रमेश परियार –बनमा खयर २. डी.बी. खड्का –कर्णाली पारीको ३. निरोज भट्ट –तप्प आँसु खस्यो ४. लक्ष्मण परियार –रुनलाई त हो नि ५. रविन लामिछाने –आँसु बरर
सर्वोत्कृष्ट भाका लोकदोहोरी १. विरही कार्की –मायाको ढोका खोलीदेऊ २. विमल परियार –कहाँको साइनो ३. रमेश परियार –बनमा खयर ४. श्रीकृष्ण बममल्ल –रुनलाई त हो नि ५. सरोज लामिछाने –मुसौरी
सर्वोत्कृष्ट लोकदोहोरी गायक १. सागर बिसी –बनको जडिबुटी २. विमल परियार –कहाँको साइनो ३. राजु गुरुङ –डुम्रे बजार ४. सरोज लामिछाने –मुसौरी ५. सुमन परियार –मैसाफ
सर्वोत्कृष्ट गायिका लोकदोहोरी १. रुपा घर्ती मगर –निर्मोही २. सन्जु न्यौपाने –लामो कपाल ३. शशि पुन –फूलमै रानी ४. अनिता चलाउने –कर्णाली पारीको ५. प्रिति आले –पट्टकोके झोरा
सर्वोत्कृष्ट चलचित्र गीतकार १. शंकर अधिकारी घायल –सिरुपाते जुँगामा (छक्कापञ्जा ४) २. मिलन कान्छा किराँती –काँडेतार (काँडेतार) ३. बी.पाण्डे –रुमालै बाटेर (तिम्रो मेरो साथ) ४. हर्क साउद –रीत (जारी ५. राजनराज शिवाकोटी –मार्सी धान (प्रसाद २)
सर्वोत्कृष्ट चलचित्र संगीतकार १. दिपक शर्मा –दर्शन सलाम (छक्कापञ्जा ४) २. बाबुल गिरी –सिरुपाते जुँगामा (छक्कापञ्जा ४) ३. गोविन्दमधुर आचार्य –नाच सुवा नाच (विहेपास) ४.सुबास भुसाल –रुमालै बाटेर (तिम्रो मेरो साथ) ५. कालिप्रसाद बास्कोटा –माया रैछ र (फूलबारी)
सर्वोत्कृष्ट चलचित्र पाश्र्वगायक १. युवराज चौलागाई –बहाव यी (बहाव) २. राजनराज शिवाकोटी –मार्सीधान (प्रसाद २) ३. बाबुल गिरी –सिरुपाते जुँगामा (छक्कापञ्जा ४) ४. डेभिड शंकर –दर्शन सलाम (छक्कापञ्जा ४) ५. शान्तिम कोइराला –पर्खाल (महापुरुष)
सर्वोत्कृष्ट चलचित्र पाश्र्वगायिका १. मिलन नेवार –मार्सी धान (प्रसाद २) २. सदिक्षा कट्टेल –माया रैछ र (फूलबारी) ३. सहिमा श्रेष्ठ –दर्शन सलाम (छक्कापञ्जा ४) ४.सत्यकला राई –काँडेतार (काँडेतरा) ५. सुनिता थेगिम –रीत (जारी)
सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार १. दुर्गा पौडेल –भीर माहुरी २. करण चैंसिर –मायाको ढोका खोलिदेऊ ३. नवराज उप्रेती –एक चिम्टी सिन्दुर ४. नरेश ऐर –कस्तो थिएँ कस्तो भएँ ५. राजेश घिमिरे –आहा माया
सर्वोत्कृष्ट सम्पादक १. विष्णु खड्का –शीरफूल २. पदम सुवेदी –कठै ऐना हेरि ३. टेकेन्द्र शाह –किनारा ४. कल्पेश विश्वकर्मा –कस्तो थिएँ कस्तो भएँ ५. दिनशन शाह –थाहै थिएन
सर्वोत्कृष्ट भिडियो निर्देशक पप आधुनिक १. देवेन्द्र पाण्डे –मोहनी मायाले २. सुवास प्रधान –गाँसेर प्रिति ३. केशवराज भट्ट –पहरी फूल २ ४. बबिता श्रेष्ठ –कस्तो थिएँ ५. विजय रुम्बा –पाइजनवाला ठुम्का
सर्वोत्कृष्ट भिडियो मोडल महिला पप आधुनिक १. रश्मी श्रेष्ठ –गाँसेर प्रिति २. अनिता गिरी –सम्झनामा ताजमहल ३. सरस्वती खत्री –तिम्लाई आफ्नो ठान्नु ४. सुप्रिमा भट्टराई –मेरो क्रस हौ तिमी ५. विना राउत –पहरी फूल–२
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष पप आधुनिक १. दिक्पाल कार्की –अधुरो सपना २. सागर लम्साल –एक चिम्टी सिन्दुर ३. विमल अधिकारी –आहा माया ४. पल शाह –चस्मा लगाउली ५. अमन श्रेष्ठ –पर्खि बसेँ
सर्वोत्कृष्ट नवप्रतिभा पप आधुनिक १. प्रचण्ड राई –दिल खोलेर कुरा गर न २. विक्रान्त पोखरेल –माया नमार ३. विमला गुरुङ –जूनको किरण ४. पेम्बा लामा –बैमानी ५. सान्वी बिसी –मेरो के दोष
सर्वोत्कृष्ट युगल गायन १. गगन सरगम–अन्जु पन्त –देख्छु सपनी २. युवराज चौलागाईं–अनुष्का पाठक –हाम्रो सम्बन्ध ३. निमा शेर्पा–सुरक्षा सेन्चुरी –भन आज ४. उदय सोताङ–मनिला सोताङ –नजाउ परदेश ५. पुष्पन प्रधान–अस्मिता अधिकारी –मायाको फेरि
सर्वोत्कृष्ट संगीत संयोजक आधुनिक १. विश्व अधिकारी –जिन्दगी यो कहिले फूल २. नरेन्द्र वियोगी –तुषारो ३. उदयराज पौडेल –मेसो मिलाएर ४. राजु कार्की –हेर्दा हेर्दै ५. शाहस शाक्य –आजभोलि तिम्रो मेरो
सर्वोत्कृष्ट ध्वनि मुद्रक आधुनिक १. नरेश बीबीसी –मेसो मिलाएर २. चन्द्र चौधरी –दिल खोलेर कुरा गर न ३. विप्लव अधिकारी –एक चिम्टी सिन्दूर ४. शम्भू तण्ड्कार –तिमी दुख्दा ५. प्रकाश मिश्र –हेर्दा हेर्दै
सर्वोत्कृष्ट गीतकार आधुनिक १. दिग्गज द्यौराली –मेसो मिलाएर २. डि.आर –नजाऊ परदेश ३. प्रबल विष्ट –दई मुटुको साइनो हाम्रो ४. महेश आचार्य –मुसुक्क हाँसीदेऊ ५. विपिन किरण –मायाको फेरि
सर्वोत्कृष्ट गीतकार महिला १. संचिता कर्माचार्य –प्रतिक्षा २. देवी पराजुली –कहिले म जितमा रोएँ ३. सिर्जना मञ्जरी –मेरी भूपू माया ४. किस्ना आचार्य रोशनी –याद ५. प्रिति कार्की –फूलको चोट
सर्वोत्कृष्ट संगीतकार आधुनिक १. सुरज कुमार थापा –तिमी दुख्दा २. कर्ण दास –प्रतिक्षा ३. सरोज कोइराला –एक चिम्टी सिन्दूर ४. निम संगीत –देख्छु सपनी ५. दिपकराज विश्वकर्मा –आमा
सर्वोत्कृष्ट गायक आधुनिक १. कर्ण दास –प्रतिक्षा २. यश कुमार –गल्ली ३. सुरज कुमार थापा – तिमी दुख्दा ४. निशान भट्टराई –जिन्दगी यो कहिले फूल ५. गोविन्द मधुर आचार्य –धेरै माया नगर्नु
सर्वोत्कृष्ट गायिका आधुनिक १. बबिना भट्टराई –कति मिठो भूल २. मन्जु उपासना –हेर्दा हेर्दै ३. संगीता राना प्रधान –आँसुका कथा ४. समिक्षा अधिकारी –लैजा सन्देश ५. अन्जु पन्त –एक चिम्टी सिन्दूर
सर्वाेत्कृष्ट डायस्पोरा गीतकार १. गीता गिरी –पहरी फूल २ २. कुमार शिवाकोटी –भिजाएर आँसु ३. सरला श्रेष्ठ –तिमीलाई जब ४. प्रतिमा गुरुङ –मेरो बाबा ५. नारायण कँडेल –जिन्दगीले ठग्यो मलाई
सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायक १. बालचन्द्र बराल २. चिज गुरुङ ३. सिद्धार्थ आले ४. सागर बिसी ५. श्याम राना
सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायिका १. सिता परियार २. तारा थापा ३. इब्सल सन्ज्याल ४. रेनुका भट्टराई ५. बबिता बानियाँ








