कर्णले ल्याए ‘भाइरल भयो रे’ (भिडियो)

संगीतमा नै आफ्नो भविष्य खोजिरहेका गायक कर्णराज गिरीको नयाँ गीत ‘भाइरल भयो रे’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर र संगीत कर्णको रहेको छ भने शब्द नारायण बस्नेतले दिएका छन् । कर्ण र नारायणको सहकार्य यस अघि ‘ह्याङ बनायौ’ मा भएको थियो । गीतको भिडियोमा माला लिम्बु र नयन डिसी फिचरीङ छन् ।

गीतमा मायालु जोडीको चल्ने चर्चालाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । ‘गीत मायाप्रेमकै वरपर नै छ’ कर्णले गीतको बारेमा बताउदै भने ‘मेरा अघिल्ला गीत झैँ दर्शक तथा श्रोताले यस गीतला रुचाउनु हुनेछ भन्ने विश्वास छ ।’ गीतमा आयुष अधिकारी र्यापर रहेका छन् । गीतमा सुर्य योन्जनको कोरियोग्राफी , विकास ज्ञवालीको सम्पादन , उत्सव दाहालको छायाँकन र नयनकै निर्देशन रहेको छ ।

कमेन्ट गर्नुहोस्