नेपाल साहित्य महोत्सवमा जावेद र शबाना आउँदै

साहित्य । नेपाल साहित्य महोत्सवको आठौं संस्करण मंसिर २७ देखि ३० सम्म पोखरामा आयोजना हुने भएकाे छ । आइतबार एक कार्यक्रममार्फत् आयोजकले महाेत्सवमा १ सय ५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जानकारी दिएको हो ।

महोत्सवमा भारतका चर्चित लेखक जावेद अख्तर, अभिनेत्री शबना आजमी र लेखक शशी थरुर मुख्य अतिथिका रुपमा नेपाल जानकारी आयोजक बुकवर्म फाउन्डेसनले दिएको छ । सन् २०११ मा सुरू भएको महोत्सव राष्ट्रियस्तरबाट बिस्तारै दक्षिण एसियाकै महोत्सवका रुपमा विस्तार हुन लागेको कार्यक्रममा जानकारी गराइयो ।

महोत्सवमा दक्षिण एसियाली साहित्यकै महत्वपूर्ण मानिने ‘डिएससी’ पुरस्कार प्रदान गर्न लागिएको छ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशी बराबरको उक्त पुरस्कार वितरण दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको हो । महाेत्सवलाई यस पटक जनकपुरमा समेत विस्तार गरिएकाे छ । जनकपुरमा हुने कार्यक्रम तराई मधेसको महत्वपूर्ण पर्व छठको समयमा पारिएको छ । कार्यक्रम विभिन्न पाँच ठाउँमा हुने सहआयोजक फ्याक्ट्स नेपालले बताएको छ ।

कमेन्ट गर्नुहोस्