फिल्म । देव भुषालको निर्देशनमा तयार भएको फिल्म ‘मिस्टर नेपाली’को छायांकन सकिएको छ । राजधानीमा आयोजित इण्ड क्ल्याप पार्टीमा फिल्म ४५ दिनमा सकिएको निर्माण पक्षले जनाएको छ । फिल्म पोष्ट प्रोडक्सनमा पुगेसँगै यसको रिलिज तिहार आसपासमा हुने जनाइएको छ । देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मको छायांकन नवलपरासी र काठमाण्डौमा गरिएको छ ।
यसमा नायक भूवन केसी दोहोरी भूमिकामा देखिदैछन् । उनको साथमा, रीमा विश्वकर्मा, बिष्णु सपाकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, रवि डंगोलको साथमा नव–कलाकार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ ।’कथावस्तुले व्यवसायिकतासँग राष्ट्रियता पनि बोकेको छ’ भुवनले भने ।

उनले डेब्यु अनुहार साहिल र कुसुमले एउटा राम्रो फिल्ममा काम गरेको सुनाए । यसमा प्रेमराज दाहालको लगानी छ । फिल्ममा हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन छ । यसमा विदेशमा रहेका नेपालीहरुको नेपालप्रतिको मायालाई झल्काउने कथा समेटिएको छ ।