‘कर्मा’को छायांकन सम्पन्न

फिल्म । ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भएको ‘कर्मा’को छायाकंन सम्पन्न भएको छ । मङ्सिरको अन्तिम साताबाट सुरु भएको ‘कर्मा’को छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ छायांकन गरि छायांकन पूरा भएको हो ।

‘कर्मा’को प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत २९ तय गरिएको छ । नेपालमा रिलिज हुने दिनमै यो फिल्म विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । ओभरसिज मार्केटमा सेभेन सिज सिनेमाले रिलिज गर्ने लागेको हो ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ मा विपिन कार्की पहिलोपटक एक्सन अवतारमा प्रस्तुत हुदैछन् । ‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ । एक्सन ड्रामा जनरामा निर्माण भएको फिल्मको कथा निर्देशक सौरभ चौधरी स्वयंले लेखेका हुन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।

कमेन्ट गर्नुहोस्