डेब्यु फिल्ममै छोट्याउनु पर्यो मिस पवीको संवाद र दृश्य

फिल्म । टिकटकबाट परिचित भएकी मिस पवी अर्थात् पवित्रा साँकी पछिल्लो समय म्युजिक भिडियोसँगै एक कमेडी शोमा व्यस्त छिन् । टिकटकमा सुदूरपश्चिमको लवज बोलेर चर्चा कमाएकी मिस पवीले फिल्ममा अभिनय गर्न लागेको खबर केही समय अगाडि निकै चर्चामा आयो । उनले फिल्मको यात्रा सुरू गर्न ‘माग्ने राजा’ मा अभिनय गर्न सहमत भइन् ।

तर, फिल्म कहाँ टिकटक र म्युजिक भिडियो जस्तो सजिलो हुन्छ त ! उनले पात्रलाई जीवन भर्न कठिनाईको सामना गर्नुपर्यो । आफ्नो डायलग र चरित्रलाई निर्वाह गर्न नसक्दा निर्देशक ऋषि लामिछानेलाई सास्ती नै पर्यो ।

मिस पवीका केही दृश्य छायांकन भईसकेको हुँदा उनको भूमिका छोट्याएर निर्माण पक्षले काम निकाल्यो । स्रोतका अनुसार मिस पवीको दृश्य र संवाद अन्य कलाकारलाई दिइएको छ । निर्माण टिमका अनुसार मिस पविले संवाद बोल्नै सकिनन् । जति प्रयास गर्दा पनि उनको क्षमता नसुध्रिएपछि करिब चार सिनजतिमा अर्कै कलाकार राखियो ।

फिल्ममा आफ्नो उज्वल भविष्य देखेकी पिस पवीको पहिलो कामबाटै नतिजा असर पर्ने आयो । ‘मिस पवीले सामान्य भूमिका त गर्न सकिनन्’ भन्ने हल्ला अहिले फिल्मनगरीमा छ । उनले आगामी फिल्म पाउन ठूलै सङ्घर्ष गर्नुपर्ने देखियो ।

कमेन्ट गर्नुहोस्