‘नाङ्गो गाउँ’को ‘पहिलो नम्बर’ सार्वजनिक

फिल्म । भदौको २९ गतेबाट रिलिज हुने फिल्म ‘नाङ्गो गाउँ’मा समावेश पहिलो गीत ‘पहिलो नम्बर’ सार्वजनिक गरिएको छ । ​सार्वजनिक गीतमा किरण गजमेरको स्वर, राजेश अर्यालको शब्द र एसडी योगीको संगीत छ । यो गीतलाई एसडीले रोमान्टिक शैलीमा तयार पारेका छन् ।

रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा आलोक शुक्लाको छायांकन छ । क्लब वर्क क्रियशन प्रा.लिको ब्यानरमा निर्माण भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । फिल्मलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् ।

बनिष शाहको सम्पादन रहेको यो फिल्मको यो गीतमा अभिनेता कार्म र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नृत्य गरेका छन् । फिल्ममा कार्म र साम्राज्ञीको साथमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, वुद्दि तामाङ, विशाल पहारी, राज थापा, कमलमणी नेपाल, अंकित खड्का, निमा पाण्डे, घनुभाइ जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर वाङदेल, केशव राई, सबिन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य लगायतका कलाकारको अभिनय छ ।

यो फिल्मले राजनीतिका कारण नाङ्गिदै गएको गाउँको अवस्थालाई प्रस्तुत गरेको छ । यसअघि ‘घामपानी, गोपी, छ माया छपक्कै, २ नम्बरी’ लगायतका फिल्म निर्देशन गरेका निर्देशक लामाले यसपटक पनि सामाजिक परिवेशमा फिल्म बनाएका छन् ।

कमेन्ट गर्नुहोस्