कन्सर्टको लागि नयाँ गीत तयार गर्दै सुशान्त

सङ्गीत । पछिल्लो समय युवापुस्ता माँझ आफ्नो छुटै पहिचान बनाएका गायक सुशान्त केसीले काठमाडौँवासीलाई नचाउने भएका छन् । हालै काठमाडौँ उपत्यकामा पत्रकार सम्मेलनको आयोजना गर्दै सुशान्त आउँदो फागुन २४ मा भक्तपुरको सल्लाघारी ग्राउन्डमा गुञ्जिने आयोजकले जानकारी दिएको छ । उनले नेपालमा झन्डै तीस महिनापछि कन्सर्ट गर्न लागेका हुन् ।

सुशान्तले नेपालीलाई नचाउने तयारी आफूले थालिसकेको जानकारी दिए । उनले भने,‘मेरो सङ्गीत यात्रामा माया र हौसला दिने काठमाडौँ मेरो लागि प्रेरणा हो । यहाँ गुञ्जिनु मेरो लागि अद्भुद अनुभव रहने छ ।’

उनले कन्सर्टमा आफ्ना केही नयाँ गीत पनि प्रस्तुत गर्नेछन् । कन्सर्टका लागि टिकट मूल्य ९ सय ९० देखि २ हजार ४ सय९९ रुपैयाँसम्म तोकिएको छ । आयोजकले पन्ध्र हजार दर्शक सहभागी हुने अपेक्षा लिएको छ । सुशान्तको स्वर रहेको ‘बार्दली’, ‘सारङ्गी’, ‘साथी’, ‘आमा’ लगायत युवापुस्ता माँझ लोकप्रिय छन् ।

कमेन्ट गर्नुहोस्