‘आचार्य’ पुनः प्रदर्शन हुने

फिल्म । तेह्र वर्ष अगाडि प्रदर्शन गरिएको फिल्म ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । स्वर्गीय भजन शिरोमणि गायक भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म पुनः प्रदर्शन असार ७ देखि हुने उनका छोरा सत्यराज आचार्यले बताए । उनले एक पत्रकार सम्मेलनको आयोजना गर्दै बुवालाई श्रद्धाञ्जली स्वरूप फिल्म प्रदर्शन गर्न लागिएको बताए । ‘सायद त्यो बेला फिल्मका सही समय थिएन होला । अहिले एकदमै उपयुक्त समय लागेकाले पुन रिलिज गर्न लागिएका हो’, उनले भने ।

प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको फिल्ममा सत्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतका कलाकारले अभिनय गरेका छन् । यसलाई निर्देशक देवजंग थापाले पुनः सम्पादन गरेर प्रदर्शनका लागि तयार गर्नेछन् । सत्यका अनुसार यसपटक दर्शकका लागि बायोपिकका रुपमा फिल्मको तयारी गरिएको छ ।

गायकसँगै सङ्गीतकार समेत रहनुभएका आचार्यको निधन ८२ वर्षको उमेरमा गत वर्ष फागुन १४ (विसं २०८०) निधन भएको थियो । विसं १९९९ सालमा धनकुटामा जन्मिएका गयाक आचार्य भजन शिरोमणिको उपाधिबाट चर्चित छन् ।

कमेन्ट गर्नुहोस्