‘बाटोः रोड टु डेथ’ को ट्रेलर चर्चामा

फिल्म । फिल्म ‘बाटोः रोड टु डेथ’को ट्रेलर सार्वजनिक भएको छ । मदन थापाको लेखन र निर्देशन रहेको फिल्मको सार्वजनिक ट्रेलरको पछिल्लो समय चर्चा बढ्दो छ । ट्रेलरमा जंगलमा रहेको बाटोमा गाडीबाट यात्रा गरिरहेका फरक फरक पृष्ठभूमिका पात्रहरुले व्यहोरेको समस्यालाई देखाइएको छ । एम्बुलेन्समा सवार भइरहेकी नर्सले अस्पतालको सामाग्री हातमा बोक्नै सहयोगको याचना गरिरहेको दृश्य देखाइएको छ ।

यही जेठ ३२ गते प्रदर्शनमा आउने फिल्मलाई सेन्सर बोर्डले फिल्मको विषयवस्तु अनुसार १६ वर्ष उमेरभन्दा माथिका दर्शकले मात्र हेर्ने गरी सर्टिफिकेट दिएको छ । भारतको चेन्नइँमा प्राविधिक कार्य भएको फिल्ममा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, विजय आनन्द ताम्राकार, राजेन थापा, आभाष अधिकारी, गणेश उपाध्याय, किरन शाहीलगायतको अभिनय छ । चन्दन झा निर्माता रहेको फिल्ममा शरण ऋषिको छायांकन, एनबी महर्जनको द्वन्द्व छ ।

कमेन्ट गर्नुहोस्