वर्षा र आकाशको ‘जब जब तिमी आयौं’ (भिडियो)

121 Shares

संगीत । गायक पुरुषोत्तम सुवेदीको आवाजमा समावेश ‘जब जब तिमी आयौं’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द रहेको यो गीतमा पुरुषोत्तमकै संगीत छ भने यसमा एक प्रेमीले प्रेमिकालाई माया पाएपछि व्यक्त गरेको भावलाई उठान गरिएको छ । गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका वर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ ।

गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा कमल प्रसाइको ड्रोन, सुप्रिम पराजुलीको सम्पादन छ । भिडियोलाई आकर्षक बनाउन विधानले कुनै कसर बाँकी राखेका छैनन् ।

Facebook Comments