पोर्नस्टार काइलीको लागूऔषधको ओभरडोजले निधन

फिल्म । अमेरिकी वयस्क फिल्म अभिनेत्री काइली पेज जुन २५ मा लस एन्जलसस्थित आफ्नै निवासमा मृत फेला परेकी छिन् । अमेरिकी सञ्चार माध्यमहरूको रिपोर्ट अनुसार, करिब एक साता लामो अनुसन्धानपछि प्रहरीले उनको मृत्युको आधिकारिक पुष्टि गर्दै मृत्युको कारण खुलाएको छ ।

टिएमजेडको रिपोर्टअनुसार कानून प्रवर्तन अधिकारीहरूले काइलीको मृत्युको कारण लागूऔषधको ओभरडोज भएको बताएका छन् । रिपोर्टमा उल्लेख भएअनुसार सुरक्षाकर्मीले उनको अपार्टमेन्टमा विभिन्न व्यक्तिहरूसँगका यौनजन्य गतिविधिहरूका फोटोहरू, लागूऔषध फेन्टानिलसहित लागूऔषध सेवनमा प्रयोग हुने सामग्रीहरू फेला पारेका थिए ।

२८ वर्षीया काइली पेजलाई पोर्नोग्राफी उद्योगको अन्वेषण गर्ने नेटफ्लिक्सको श्रृंखलामा पनि देखाइएको थियो । लस एन्जलस काउन्टी मेडिकल परीक्षकको कार्यालयले उनको मृत्युको पुष्टि गरेको छ । ओक्लाहोमाको तुलसामा जन्मिएकी काइलीले सन् २०१६ मा वयस्क मनोरञ्जन उद्योगमा आफ्नो करियर सुरु गरेकी थिइन् र २०० भन्दा बढी फिल्महरूमा देखा परिसकेकी छिन् ।

सन् २०१७ मा वयस्क मनोरञ्जन उद्योगमा काम गर्ने युवा पुरुष र महिलाहरूको जीवनमा केन्द्रित नेटफ्लिक्स श्रृंखला ‘हट गर्ल्स वान्टेड: टर्न्ड अन’ मा देखा परेपछि उनले व्यापक चर्चा कमाएकी थिइन् । यस श्रृंखलामा काइली पेजले लागूऔषधको दुरुपयोगसहित आफ्ना अनुभव र संघर्षहरूको बारेमा खुलेर कुरा गरेकी थिइन् ।

काइली पेजको परिवारले उनको अन्त्येष्टि खर्च बेहोर्न र उनको पार्थिव शरीरलाई ओक्लाहोमास्थित घर ल्याउनका लागि आर्थिक कोष सङ्कलन अभियान (गोफन्डमी) सुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्