सुशान्त भन्दैछन् ‘आमा नबस्नु पर्खेर’ (भिडियो)

फिल्म । आउदो फागुन १० मा रिलिज हुने फिल्म ‘रुमालै छ चिनो’ को नयाँ सार्वजनिक गरिएको छ । ‘आमा नबस्नु पर्खेर’ बोलको लोकशैलीको गीतमा सुशान्त कार्की फिचर्ड छन् भने उनिसँगै संचिता लुइटेल,किशोर खतिवडा पनि देखिएका छन् । युद्दमा रहेको सिपाहीले घरपरिवारलाई सम्झिदाको पिडा देखाउन खोजिएको गितमा बिरही कार्कीले स्वर दिएका छन् ।नेपाली लाउरेहरुको कथा बोल्ने यसफिल्ममा नायक कार्की इण्डियन लाउरेको भूमिकामा देखिएका छन् भने उनको जोडीको रुपमा नबनायिका अप्सना थापा छिन ।

यसभन्दा अघि यसै फिल्मको ‘ए माया’ बोलको पहिलो गित सार्वजनिक भएको थियो । कुनै बेला चर्चामा रहेको रेशम थापाको लोक गित ‘रुमालै छ चिनो’ बाट यस फिल्मको नाम राखिएको हो । जुन गीतलाई लोक शैलीमा निर्माण गरिएको थियो । गायक थापाकै लेखन रहेको फिल्ममा किशोर खतिवडा , संचिता लुइँटेल , सुशान्त कार्की , अफ्शाना थापा , रश्मी भट्ट , मिथिला शर्मा , सुरबीर पण्डित , लक्षमण बिक्रम बस्नेत , सुरज महरा , सन्ध्या खड्का,अमृता पाण्डे,शान्ति श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । ज्वती फिल्मसको ब्यानरमा निर्मित फिल्मलाइ चन्द्र बहादुर खड्का,दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा लगानी गरेका छन् । दिनेश सिंह ठकुरीको निर्देशनमा तयार भएको फिल्मले युवालाई राष्ट्रियता बोध गराउने बताइएको छ ।

कमेन्ट गर्नुहोस्