‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा

फिल्म । ‘मेरो प्रेम अधुरो’ निर्माणको घोषणा गरिएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको यो फिल्म उनको तेस्रो निर्देशकीय फिचर हुनेछ । उनले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’ निर्देशन गरिसकेका छन् । निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी साउन महिनादेखि नेपालबाट सुरु गरिनेछ । नेपालपछि युरोप र अष्ट्रेलियामा पनि फिल्मको छायांकन गरिने जानकारी दिइएको छ ।

फिल्मको मुख्य भूमिकामा कबिर खड्का रहनेछन् । उनका अपोजिटमा अभिनय गर्ने दुई अभिनेत्रीको खोजी भइरहेको निर्देशक पौडेलले बताएका छन् । निर्माण पक्षले दुवै अभिनेत्रीलाई अडिसनमार्फत छनोट गर्ने तयारी गरेको जनाएको छ । फिल्म घोषणा भएसँगै अभिनेत्री छनोट प्रक्रिया पनि सुरु गरिएको छ ।

सितारा फिल्मस् र कबिर खड्का फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सुरेन्द्र रावल हुन् । अभिनेता कबिर खड्का पनि फिल्मका निर्माता रहेका छन् । कबिरले दर्शकमाझ सुन्दर प्रेमकथा प्रस्तुत गर्ने उद्देश्यले फिल्म निर्माणमा लागेको बताएका छन् । फिल्मका सह-निर्माता करण खड्का हुन् ।

फिल्ममा शरद महतो डीओपी, अर्जुन कटुवाल संगीतकार तथा बम बहादुर थापा क्रिएटिभ निर्देशकका रूपमा रहनेछन् ।

कमेन्ट गर्नुहोस्