कलाकार सङ्घले सम्मान तथा पुरस्कार प्रदान गर्दै

फिल्म । नेपाल चलचित्र कलाकार सङ्घले आउँदो चैत ४ गते हुने कार्यक्रममा विभिन्न कलाकर्मीलाई सम्मान गर्ने भएको छ । हालै बसेको वैठकले कलाकारितामा योगदान पुर्याउनुभएका पुरस्कार तथा सम्मान प्रदान गर्ने अध्यक्ष मोहन निरौलाले बताए । उनले ‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार’ अन्तर्गत विसं २०७८ को पुरस्कार अभिनेता मुकुन्द किशोर भट्टराई, विसं २०७९ को पुरस्कार अभिनेता तथा निर्देशक लय सङ्ग्रौला, विसं २०८० को पुरस्कार अभिनेता पुरण जोशीलाई प्रदान गरिने बताए । यसमा जनही पचहत्तर हजार रुपैयासहित सम्मान गरिने छ ।

यस्तै, ‘शान्ति मास्के स्मृति पुरस्कार’ विसं २०८० अभिनेत्री गौरी मल्ल प्रदान गरिने छ । यसको पुरस्कार राशी छपन्न हजार रहेको छ । यस्तै, ‘स्व. गोपाल राउत स्मृति पुरस्कार’ कालाकार रामकाजी घिमिरेलाई प्रदान गरिने छ । यसको राशी दश हजार रहेको छ ।

यसका साथै सङ्घलाई सहयोग गरेवापत वर्षेनी प्रदान गर्ने ‘सम्मान’ मार्फत अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह सम्मानित हुनुहुने अध्यक्ष निरौलाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्