प्रितम र आयुष टप ६ मा

8K Shares
तस्वीर : अमृत क्षेत्री फेसबुकबाट

संगीत । पछिल्लो समय नेपाली प्रतिभाले आफुलाई नेपालमै सिमित मात्र नगरी देश विदेशमा परिचित गराईरहेका छन् । प्रशान्त तामाङ्गले आफुलाई तेस्रो इण्डियन आइडल बनाउदै यसको ढोका खोलेका हुन् । त्यस यता भारतीय शो मा नेपाली प्रतिभाले अवसर पाउने गरेका छन् । उनीहरुले आफ्नो प्रतिभालाई भारतीय शो को मार्फत विश्वभर परिचित गराउन सफल भएका छन् । पछिल्लो समय जी टिभीको बालगायन रियालिटी शो सारेगमपा लिटल च्याम्प्समा सहभागी नेपाली बालप्रतिभा आयुष केसी र प्रितम आचार्य फाइनल (टप ६) मा पर्न सफल भएका छन् ।

टप ९ का अन्य सहभागीलाई उछिन्दै दुबै फाइनलमा पुगेका हुन । उक्त प्रतियोगितामा भारतभरिका २०,००० भन्दा बढि बालप्रतिभाहरूलाई उछिन्दै उनीहरू छनौट भएका थिए । गत हप्ताको शो मा आफ्नो फिल्मको प्रचार गर्न आइपुगेका सलमान खान र कट्रिना कैफले प्रितम र आयुषको प्रसंसा गरेका थिए । सलमानले यी दुइ नेपालकै गौरव रहेको प्रतिक्रिया दिएका थिए । यस साता सेमीफाइनल पर्फपमेन्समा प्रितमले ‘तड़प तड़प इस दिलमे’ भन्ने गीत गाएका थिए भने आयुषले ‘तुम मिले दील खिले’ भन्ने गीत गाएका थिए ।

कार्यक्रममा जजहरू गायकद्वय शान र अमाल मलिक तथा गायिका रिचा शर्मा एवं अतिथि गायकरसंगीतकार आनन्द राज लगायत १२ जुरी मेम्बरले ठूलो प्रशंसा गर्दै दुवैलाई स्टेजमा पुगि उचालेको दृश्य आफैमा गौरवान्वित थियो । नेपालमै २ बर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणमा फाइनलिस्ट मध्य एक आयुष केसी, सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ्ग स्कुलमा अध्ययनरत हुन् जसले गीतसंगीतमा रुचि राख्छन । उनले संगीत सिक्न थालेको ५ वर्ष भयो ।

आयुषलाई हाल सुरशाला म्यूजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीले संगीत सिकाएका हुन । जुनियर आइडल भएपछि उनले गीत पनि रेकर्ड गराईसकेका छन् । पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणमा फाइनलिस्ट मध्यका अर्का सुनसरी, इटहरीका प्रितम आचार्य त्यहाँको विश्व आदर्श स्कूलमा अध्ययनरत छन् । उनको पहिलो चरणमा सुरशाला म्यूजिक एकेडेमी मार्फत सारेगमपाले भिडियोबाट अडिसन लिएको थियो । यी दुइलाई विभिन्न किसिमले भोट गर्न सकिन्छ । भारतीय गायन रियालिटी शो मा पुगेर नेपालकै नामलाई गौरव बनाइरहेका दुइलाइ जी फाइभ (Zee5) एप मार्फत भोट गर्न सकिन्छ ।

Facebook Comments