फिल्म । निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म ‘दुर्गा’ निर्माणको घोषणा गरेका छन् । बिहीबार थिम पोस्टर सार्वजनिक गर्दै उनले आफ्नो नयाँ निर्देशनको औपचारिक घोषणा गरेका हुन् । फिल्मको शीर्षकले मुख्य पात्र ‘दुर्गा’ रहेको संकेत गरे पनि उक्त भूमिकामा कसले अभिनय गर्ने भन्नेबारे निर्माण टिमले खुलाएको छैन । कलाकार तथा अन्य प्राविधिक टोली पनि हालसम्म सार्वजनिक गरिएको छैन ।
निर्देशक बस्नेतले छिट्टै मुख्य कलाकारको घोषणा गरिने जानकारी दिँदै केही कलाकार अडिसनमार्फत छनोट गरिने बताए। उनका अनुसार ‘दुर्गा’ मिथोलोजिकल जनरामा निर्माण हुनेछ।
कुस्मण्डा र ग्लोबल रिल मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मको कथा निश्चल ढुंगानाले लेखेका छन् । ९० दिनको छायांकन तालिका रहेको फिल्म काठमाडौं, पोखरा र चितवनमा छायांकन गरिनेछ । निर्माण टिमका अनुसार छायांकन आगामी असोजको पहिलो साताबाट सुरु हुनेछ। निर्देशक बस्नेत निर्देशित पछिल्लो फिल्म ‘लाखे’ केही समयअघि युट्युबमार्फत सार्वजनिक गरिएको थियो।










